Sajhamanch Archive

स्थानीय तहमा तत्काल अस्पताल खोल्ने निर्णय, उपकरण खरिदका लागि ६४ करोड निकासा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ निकासा भएको छ ।

अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *