Sajhamanch Archive

आइसोलेसन तोडफोड गर्ने दुईजनालाई कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

संखुवासभा । संखुवासभाको हिमालय किरण क्याम्पसको खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न दुई जनामा कोरोना संक्रमण देखिएको छ।

हिमाल क्याम्पसमा भएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। आइसोलेसन तोडफोड गर्न ६० वर्षीय पुरुष ६२ वर्षीय पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिए।

प्रहरीले आइसोलेसन तोडफोड गरेको आरोपमा हिमालय किरण क्याम्पसका प्रमुख डा.मातृका तिम्सिनासहित पाँच जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो। आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरी हिरासतमा रहेका दुई जनालाई कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *