Sajhamanch Archive

पौडेल–कोइराला समूहभित्र भालेजुधाइ, सिटौला रमिते, देउवालाई तनाब

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by .

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औँ महाधिवेशनको रन्को लागिसकेको छ । सभापति शेरबहादुर देउवा समूहलाई भन्दा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा।शशांक कोइराला तथा नेता डा।शेखर कोइरालालाई अलिक धेरै महाधिवेशन लागेको छ । कोइराला परिवारले देउवालाई तथानाम गाली गर्न थालेका छन् । कांग्रेसलाई वीपी कोइरालाले बनाएको भनेर कोइराला परिवारहरू विर्ता ठानेर उठ्न थालेका छन् ।

महामन्त्री डा।कोइरालाले सार्वजनिक रुपमा वरिष्ठ नेता पौडेललाई सभापतिमा सहयोग गर्न नसकिने जनाइ सकेका छन् । हालै डा।कोइरालाले दिएको अन्तर्वार्तामा पौडेलले देउवालाई पराजित गर्न नसक्ने सोही कारण आफू सभापतिमा उम्मेदवार बन्ने बताएका छन् । डा।शशांक कोइराला वीपीका कान्छो छोरा हुन् । वीपीको छोरो हुँदैमा डा।शशांक कोइरालालाई सबै कांग्रेसले साथ दिन्छन् भन्ने छैन ।

१३औँ महाधिवेशनमा देउवाले साथ दिएका कारण आफूले जितेको बताएका छन् । देउवाकै कारण महामन्त्री बनेका डा।शशांक कोइरालाले अहिले आएर देउवाविरुद्ध बिषवमन गरिहेका छन् । आफ्नो गुटभित्र पनि वरिष्ठ नेता पौडेलको अपमान हुने गरेर अभिव्यक्ति दिएका छन् । आफूभन्दा कयौँगुणा सिनियर नेता पौडेलको मानमर्दन गर्नु डा।शशांक कोइरालाका लागि उचित कुरा होइन । डा।शशांक कोइरालाका बुबा वीपी कोइरालासँग राजनीति गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलका धेरै कमजोरी छन् । तर, महामन्त्री डा।शशांक कोइरालालाई अपमान गर्ने अधिकार छैन ।

‘बी’ ग्रेडको कोइराला भनेर आरोप खेप्दै आएका केन्द्रीय सदस्य डा।शेखर कोइराला पनि सभापतिमा उम्मेदवार बन्ने भनेर हिँडेका छन् । नेविसंघको राजनीतिबाट निखारिएर आएका देउवालाई मानमर्दन गर्ने अधिकार कोइराला परिवारलाई छैन ।

निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । जित हार पनि हुन्छ । निर्वाचनका लागि स्वच्छ प्रतिस्पर्धाका लागि तयार हुन नसक्ने डा।शशांक कोइरालालाई कोइराला परिवारको मान्छे हो भन्दैमा सहयोग हुँदैन ।

कोइराला परिवारका ‘राजकुमार’हरूले आफ्नो हैसियत भुल्नु हुँदैन । महामन्त्री शशांक कोइराला भारत निकट भएपनि उनी पछिल्लो समय चीन निकट हुन पुगेको चर्चा । पूर्वराज्यमन्त्री दीपक खड्कामार्फत महामन्त्री डा।शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेललाई चीन निकट बनाएको स्रोतले जनाएको छ ।

कोइराला र पौडेल समूहभित्रको झगडालाई नेता कृष्णप्रसाद सिटौलाले हेरिरहेका छन् । सिटौलाले आफूलाई सभापतिको उम्मेदवारमा तयार पार्नेभन्दा पनि अवसरको पखाइमा छन् । कोइराला–पौडेल समूहलाई जुधाएर सिटौलाले १४औँ महाधिवेशनमा उम्मेदवार बनेर जाने पक्षमा छन् । तर, सिटौला यस पटक सभापति बन्ने भन्दा पनि स्वार्थको राजनीतिमा केन्द्रित भएको आरोप छ ।

सहज रुपमा सभापति बन्न नपाउने भएपछि देउवा तनावमा परेका छन् । देउवा समूहबाट विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *