Sajhamanch Archive

रेस्टुरेन्ट ढलेर किच्दा कम्तीमा १७ को मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by .

काठमाडौं । उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन सहरस्थित एक रेस्टुरेन्ट भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेको रेस्टुरेन्ट भवन शनिबार भत्किएको हो ।

भवनले थिचिएका ४५ जनालाई शनिबार साँझसम्म उद्धार गरिएको छ भने तीमध्ये ७ गम्भीर र २१ जना सामान्य घाइते रहेका उद्धारमा संलग्नले जानकारी दिएका छन् । अझै अन्य व्यक्ति पनि फसेको आंशकामा उद्धार जारी रहेको स्थानीयले बताएका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *