Sajhamanch Archive

घाँस र बिषालु झार नचिन्दा, किसानका ५ खसी मरे

Published: in विविधा, समाज by .

उर्लाबारी । मोरङ उर्लाबारी ९ का एक किसानको अचानक पाँच वटा खसी मरेको छ । उर्लाबारी ९ का किसान टेकबहादुर कटुवालको बिक्री योग्य भइसकेको पाँच वटा खसी मरेपछि झण्डै १ लाख रुपैयाँ भन्दा बढी नोक्सानी भएको छ ।

उर्लाबारी ९ भोटेपुलका टेकबहादुर कटुवालले खसीलाई घाँस ल्याउँदा नचिनेर ल्याएको उल्टी झार नामको स्याउला खाएपछि खसी मरेका हुन् । उक्त घाँस खाएपछि खसीको पेट फुलेको थियो भने उपचार गर्न नपाउँदै भटाभट मरेको थियो ।

उल्टी झारलाई विषालु झार मानिन्छ र यसको काँडा उल्टो हुन्छ । लज्जावति झार जस्तै देखिने झार दमक स्थित हिमालय चिया बगान वरिपरी लगाइएको छ । पशुचौपायले चिया बगानमा नोक्सानी गरेपछि त्यसलाई रोक्न यो झार लगाइएको बताइएको छ । यो झार रतुवा र मावा खोला किनारमा पनि पाइने गरेको स्थानीयबासीहरुले बताएका छन् ।

अचानक खसी मरेपछि स्थानीय युवा लोलिम पोमुले उर्लाबारी नगरपालिकामा खबर गरेका थिए । नगरपालिकाबाट कृषि शाखाबाट बिष्णु भट्टराईसहितको टोली घटनास्थलमा पुगेको थियो । लक्षणहरुको अध्ययन गर्दा फुड पोइजनका कारण खसी मरेको र अन्य रोगका कारण घटना नभएको पाइएको भट्टराईले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *