Sajhamanch Archive

धरानमा कोरोना संक्रमित आमा छोराको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

धरान ।कोरोना संक्रमित दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा आइतबार मृत्यु भएको छ ।

कोरोनाको उपचार गराइरहेका आमा छोराको मृत्यु भएको  विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर १७ निवासी ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन् ।

आमाको विहान साढे ८ बजे निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनलाई मधुमेह, उच्च रक्तचापको समस्या थियो ।

शनिबार कोरोना पोजेटिभ रिर्पोट आएपछि राति ८ बजे उनलाईअस्पताल भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । उनलाई एक हप्तादेखि अत्यधिक खोकी, श्वास फेर्नमा समस्या र ज्वरोको समस्या थियो ।

यस्तै आइतबार विहान ७.४५ मा छोराको पनि निधन भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई मधुमेहको समस्या भएको र २ महिनादेखि कलेजोको पनि समस्या देखिएको उनको परिवारका सदस्यले बताएका छन् ।

केही दिनअघि संकलन गरिएको स्वाबको परीक्षण नतिजामा शनिबार उनको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो ।

योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यस अघि तीन जनाको मृत्यु भइसकेका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *