Sajhamanch Archive

जापानी कम्पनीले गर्‍यो उड्ने कारको मान्छे राखेरै सफल परीक्षण

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । जापानी कम्पनी स्काई ड्राइभले उड्ने कारको सफल परीक्षण गरेको छ । जापानको इतिहासमै पहिलोपटक मान्छे राखेरै उड्ने कारको सफल परीक्षण गरिएको हो ।

सीएनएनका अनुसार कारको परीक्षण उडान अगष्ट २५ मा गरिएको थियो । उक्त उड्ने कारको नाम एसडी–०३ भएको बताइएको छ । परीक्षण उडानका क्रममा उक्त कार ४ मिनेटसम्म हावामा उडेको थियो ।

स्काई ड्राइभका प्रमुख कार्यकारी अधिकृत तोमोहिरो फुकुजावाले उड्ने कारलाई व्यापारीकरण गर्ने योजना भएको जानकारी दिएका छन् । उनले उड्ने कार सुरक्षित र सहज हुने दाबी गरे । उनले यस्ता कार सुलभ हुने पनि जानकारी दिएका छन् । चाँडै उड्ने कार मानव जीवनको नयाँ तरिका बन्ने उनको विश्वास छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *