Sajhamanch Archive

बालकलाई सर्पले टोकेपछि मोटरसाइकलमा अस्पताल लाँदै थिए, दुर्घटनामा परी दुबैको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by .

बाँके । बाँकेमा रोकिरहेको ट्रकमा ठोक्किएर मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान पौने ५ बजे राप्तिसोनारी गाउँपालिका वडा नं.८ शमसेरगञ्जस्थित चेकपोष्टमा ना ४ ख २१३९ नम्बरको ट्रक चेकिङको लागि रोकिएको थियो। त्यहीबेला पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काका अनुसार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते छन्। मोटरसाइकल चालक सोही गाउँपालिका वडा नं.१ कुसुम घर भएका ३२ वर्षीय चेवन देवकोटाको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको हो।

त्यस्तै मोटरसाइकलमा सवार तीन वर्षीय लिलाबहादुर खड्काको उपचारका क्रममा आइतबार बिहान साढे १० बजे भेरी अञ्चल अस्पतालमा मृत्यु भएको डिएसपी खड्काले बताए।

‘सर्पले टोकेको बिरामी बच्चाको उपचारका लागि आमा र चेवनले अस्पताल लाँदै थिए। त्यही बेला उनीहरू दुर्घटनामा परे,’डिएसपी खड्काले भने,’सर्पले टोकेको बच्चाको पनि उपचारको क्रममा मृत्यु भएको छ।’

उनका अनुसार घाइते भएका कौशिला खड्का ती बालकका आमा हुन्। उनको अस्पतालमा उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *