Sajhamanch Archive

कनकाईमा आजदेखि अनिश्चितकाल लकडाउन, अत्यावश्यक बाहेक सबै बन्द

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by .

कनकाई । कनकाई नगरपालिकामा आज दिउसो ३ बजेदेखि लकडाउन हुने भएको छ ।

नगरपालिकाका ९ वटै वडा दिउँसो ३ बजेदेखि अर्को सुचना नआएसम्मका लागि लकडाउन गरिने भएको नगरपालिकाले जनाएको छ ।

कनकाई नगरपालिकाको १, ३ र ७ नम्बर वार्डमा समुदाय स्तरमै कोरोना फैलिएको पाइए पछि नगरपालिकाको विपत समितिको बैठकले आज दिउसो ३ बजेदेखि अर्को सुचना नआउन्जेलसम्म बन्द गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए ।

जसमा बैंक, वित्तिय संस्था, औषधि पसल बाहेकका सबै सेवा तथा व्यवसायहरु बन्द हरने अधिकृत न्यौपानेले बताए । लकडाउनलाई उल्लघन गरे कडा कार्वाही गरिने समेत नगरपालिकाले जनाएको छ ।

कनकाई नगरपालिका ७ दुर्गापुर बजारका एक ४० वर्षीय औषधि व्यवसायीलाई केहिदिन अघि कोरोना संक्रमण भेटिए पछि गरिएको कन्ट्राक टेसिङ्गमा आइतबार पुन दुर्गापुर क्षेत्रमा ८ जनालाई कोराना संक्रमण भेटिएको थियो ।

थप संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङका काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *