हङकङको महावाणिज्यदूतमा प्रजिअ राना नियुक्त
Published: (Updated: )
by .झापा । मन्त्रिपरिषदको बैठकले हङकङको महावाणिज्य दूतमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । यस्तै ल्हासाका लागि महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
झापामा रहँदा प्रजिअ रानाले प्रशासनिक सुधारका लागि उल्लेख्य कार्य गरेका थिए ।
Comments