Sajhamanch Archive

टिकटक खरिद गर्ने वालमार्टको इच्छा

Published: in लोकप्रिय, विविधा by .

काठमाडौं । लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरुको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्टसमेत थपिएको छ ।

टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । त्यस्तै ट्वीटरले समेत टिकटक खरिद गर्ने मनसाय बनाएको खबर आएको थियो । बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप टिकटक आफूले खरिद गरेमा त्यसको सञ्चालन विस्तारका लागि सहज हुने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै टिकटकले ९० दिनभित्र अमेरिकामा आफ्नो अमेरिकी शाखा कुनै पनि अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्नेछ । अन्यथा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ । अमेरिकामा टिकटकको भविष्य अनिश्चित बनिरहेका बेला गत बिहीबार कम्पनीका प्रमुख कार्यकारीले राजीनामा दिइसकेका छन् ।

टिकटकको अमेरिकी शाखा खरिदको लागि छलफल अगाडि बढेको कुरा पुष्टि गर्दै वालमार्टका प्रवक्ताले भनेका छन्, ‘हामीलाई आशा छ वालमार्ट र माइक्रोसफ्टको साझेदारीले अमेरिकी टिकटक प्रयोगकर्ताहरुको अपेक्षा पूर्ति गर्नेछ र अमेरिकी सरकारी नियामकहरुको चासोसमेत सम्बोधन गर्नेछ ।’

माइक्रोसफ्टले भने अगष्ट महिनाको सुरुमै टिकटक खरिदका लागि छलफल अगाडि बढेको बताएको थियो । अहिले त्यस विषयमा बताउनुपर्ने नयाँ खबर केही पनि नरहेको माइक्रोसफ्टको भनाइ छ ।

यदि टिकटक खरिदका लागि वालमार्ट र माइक्रोसफ्टबीच साझेदारी भएमा टिकटक खरिद गर्नसक्ने ठानिएको अर्को प्रतिस्पर्धी कम्पनी ओरेकलका लागि चुनौति खडा हुनेछ । रिपोर्ट अनुसार टिकटकको अमेरिकी शाखा खरिद गर्नका लागि ३० अर्ब डलर खर्चिनुपर्ने हुनसक्छ ।

सन् २०१८ मा विश्वव्यापी रुपमा लञ्च भएसँगै टिकटक अत्यधिक लोकप्रिय बनिरहेको छ । प्रयोकर्तामध्ये अधिकांश २५ वर्ष मुनिका युवायुवतीहरु हुनु यसको सबैभन्दा महत्वपूर्ण पुँजीको रुपमा रहेको छ ।

तर चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले आफ्ना प्रयोगकर्ताका डाटाहरु चीनको कम्युनिष्ट स

स्रोत : बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *