थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि
Published:
by .झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १२९ जनाको परीक्षणमा ८९९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३९ हजार ४६० जना पुगेको छ ।
त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।
Comments