कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन
Published: (Updated: )
by .काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका छन् । कोरोना संक्रमणपछि पछिल्लो समय मुखर्जी कोममा गएका थिए । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
दिल्लीस्थित सेनाको अस्पतालमा उपचार गराइएका मुखर्जीको अवस्था झनै खराब बनेको उक्त अस्पतालले जनाएको थियो ।
Comments