Sajhamanch Archive

आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भूभागमा नेपाल नजिक रहेको जनाएको छ ।

न्युन चापीय रेखा नेपाल नजिक रहेको कारण हाल देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश न.१ र गण्डकी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, मंगलबार दिउँसो देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *