Sajhamanch Archive

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो

Published: in समाज by .

चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ आउँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका वडा नं.३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका वडा नं.१ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका वडा नं.२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेककुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् ।

घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *