Sajhamanch Archive

नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव फेला

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

लन्डन । नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको शव एलिस होल्ट जंगलमा फेला परेको बीबीसीले जनाएको छ । उनको खोजीमा जुटेको ह्याम्पशायर प्रहरी शव फेला पारेको हो ।
बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।

स्थानीय जंगल, नदी किनारामा व्यापक खोजी गरेको प्रहरीले छरछिमेकका बासिन्दाहरुलाई आआफ्ना घरका बगैंचा, भण्डार गृह, गोठ आदि चेक गर्न आग्रह पनि गरेको थियो । कुनै स्थानीय बासिन्दा वा व्यवसायीसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको थियो । प्रहरीले उनको निधनलाई शंकास्पद मानेको छैन।

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको थिए । नेपाललाई माया गर्ने रिचर्डले नेपालमा महाभूकम्पपछि गएका बेलायती राजकुमार ह्यारीको भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि गत जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो ।

                                                                                                                                                                               एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *