Sajhamanch Archive

मोरङमा जारी निषेधाज्ञा एक साता लम्ब्याइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई निरन्तरता दिएको छ । एक साताका लागि अर्थात भदौ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको हो । तर, अब बजार भने अपरान्ह ४ बजेसम्म खोल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञासम्बन्धी सूचनामा बजार तथा पसल अपरान्ह ४ बजेसम्म खुला गर्न पाइने उल्लेख छ । अहिले भने मध्यान्‍न १२ बजेसम्म मात्र बजार र पसल खुल्दै आएका छन् ।

सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जिममखानालगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्राजस्ता सामूहिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

सार्वजनिक सवारीसाधन बन्द रहने छन् । बाहिरी जिल्लाका सवारीलाई पनि आउन रोक लगाइएको छ । जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन भने सञ्‍चालन गर्न पाइने भएको छ । सिटीरिक्सा पनि चल्न पाउने छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारी कार्यालयले आलोपालो गरी न्यूनतम कर्मचारी खटाएर भदौ २१ गतेबाट तालिका अनुसार सेवा दिनुपर्ने छ । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्‍चालन गर्न पाउने छन् । राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाइने छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *