Sajhamanch Archive

ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु, पाँचजना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

फुङलिङ नगरपालिका वडा नं.१० फुरूम्बुकी दुर्गा विष्ट भट्टराईको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र श्रेष्ठले जानकारी दिए ।

त्यस्तै,चट्याङ लागेर सिरिजङ्घा गाउँपालिका वडा नं.४ तेल्लोकमा दुई जना र वडा नम्बर ५ पेदाङमा तीनजना गरी पाँचजना घाइते भएको श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *