Sajhamanch Archive

पाँचथर कारागारका थुनुवामा पनि भेटियो कोरोना

Published: in समाज, स्वास्थ्य by .

पाँचथर । पाँचथर कारागारमा रहेका एकजना थुनुवा (बन्दी) मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बहुबिबाह मुद्धामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतबाट तीनदिन अघि कारागार पठाइएका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बखत स्वाब संकलनका लागि पठाइएका ती थुनुवालाई कारागार पठाइएपनि रिपोर्ट नआइन्जेलसम्म अलग्गै राखिएको थियो ।हिरासतमा राखिएपनि कसैसँग सम्पर्क नभए पनि संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

यद्धपी केहिदिन अघि बिराटनगरबाट सरुवा भएर आएका १ सहित ४ जना प्रहरीमा कोरोना संक्रमण भेटिएकाले प्रहरीकै संम्पर्कबाट उनमा संक्रमण भएको हुनसक्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *