Sajhamanch Archive

जोखिम भत्ता नपाएको भन्दै मेची अञ्चल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

भद्रपुर । कोरोना भाइरसको जोखिम हुँदाहुँदैै पनि सरकारले दिने प्रोत्साहन भत्ता नपाएपछि मेची प्रादेशिक अस्पतालका डाक्टर र नर्स आन्दोलित भएका छन् ।

सरकारले भनेअनुसार अहिलेसम्म प्रोत्साहन भत्ता नदिएपछि अस्पतालका स्वास्थ्यकर्मी मंगलबारदेखि आन्दोलित भएका हुन् ।

आन्दोलनको पहिलो चरणमा विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गर्न सुरु गरिएको हो अस्पतालका मेडिकल अफिसर डाक्टर लेनिस पोखरेलले बताए । भदौ २३ गतेसम्म पहिलो चरणको आन्दोलन रहने र त्यतिन्जेलसम्म पनि आफ्ना माग पूरा नभए दोस्रो चरणको आन्दोलनमा जाने उनीहरूको चेतावनी छ ।

यसअघि सरकारले कोरोनाभाइरसको जोखिमका बीच उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । तर, पाँच महिना बितिसक्दा पनि सरकारले निर्णय कार्यान्वयन गर्न सकेको छैन ।

प्रोत्साहन भत्ता नपाएपछि उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी निराश भएका छन् । आफ्ना मागसहित सम्पूर्ण कागज प्रदेश सरकारमा पठाइएको भएपनि कुनै सुनुवाइ नभएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पीताम्बर ठाकुरले बताए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *