Sajhamanch Archive

एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । कोरोना संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिकाले एतिहासिक तवरबाट कार्य गरिरहेको पाइएको छ ।
यसको पछिल्लो उदाहरणका लागि सिटी रिक्सा चालकहरुको सामुहिक पिसिआर परीक्षण गरिनुलाई लिन सकिन्छ । एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताएका छन् ।

टेम्पो चालकहरु धेरै जोखिममा छन् । यसर्थ नगरप्रमुख धु्रबकुमार शिबाकोटीको सोच अनुसार ठूलो संख्यामा उनीहरुको स्वाब संकलन गरेर पठाएका छौं, उनल ेभने ।  उता बिर्तामोडमा रहेका क्वारेन्टिनबाट दिइने सेवा पर्याप्त मात्रामा दिइएको छ ।

जसका कारण बिर्तामोड अरु पालिकाको तुलनामा केही सुरक्षित रहेको नगरप्रमुख शिबाकोटी बताउछन् । उनले नगरपालिकाको कोरोना संक्रमण तथा रोकथाम समितिको समन्वयमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अहोरात्र काम गरिरहेकोमा प्रसंसा गरे ।

खासगरेर ती टेम्पो तथा सिटी रिक्सा चालकहरुका कारण आवतजावत हुने मानिसहरु पनि जोखिममा थिए । अब त्या कम हुने बिश्वास छ । किनभने अब चालकहरुले सवारीका साधन चलाउँदा पिसिआर रिपोर्ट अनिबार्य देखाउनुपर्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *