Sajhamanch Archive

रतुवामाई बृक्षारोपण आयोजना भित्र शिवसताक्षीका एक युवकको हत्या

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षीको पर्यटकीय स्थल सतासीधाम जाने बाटोको किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा एक युवकको सव फेला परेको छ ।

राजमार्गदेखि करिब १ कि.मी उत्तर रतुवामाई बृक्षारोपण आयोजना भित्र सतासीधाम जाने बाटो किनारमा धारिलो हतियार प्रयोग गरेर घाँटी काटिएको अवस्थामा पुरुषको सव फेला परेको हो ।

फेला परेको सव  शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने २९ वर्षीय गोमन शिंह भनिने गोविन मगरको रहेको वडाध्यक्ष भैरवकुमार श्रेष्ठले बताए । उनका अनुसार मंगलबार साँझदेखि मगर हराईरहेका थिए । उनको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको सवको प्रकृती देख्ने स्थानीयले बताएका छन् । उनको सव बुधबार बिहान १० बजे तिर फेला परेको हो ।

घटना स्थल देखि १०० मिटर उत्तर दुरीमा एउटा मोटर साईकल पनि फेला परेको छ । स्थानीय बासीका अनुसार घटना स्थल नजिक फेला परेको मोटर साइकल करिब १ महिनादेखि उनैले चलाउदै आएका थिए ।

घटना स्थललाई स्थानीय प्रहरीले घेराबन्दी गरेको छ । समाचार श्रोतका अनुसार नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *