Sajhamanch Archive

१२ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको १२ सय रुपैयाँले सस्तिएर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि तोलाको १२ सय रुपैयाँले सस्तिएर ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

सुन सस्तो बन्दा चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *