Sajhamanch Archive

पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री पोखरेल

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् ।

बुधबार सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रियामा मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका हुन् ।

पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने बताएका छन्। उनले वैकल्पिक सिकाइका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच पनि अघि सारेका छन् ।

‘मैले ब्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको छु, त्यस्तो टेलिभिजनले विहान माध्यमिक तहलाई, दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने ब्यवस्था मिलाइनेछ,’ उनले भने ।

यस्तो प्रस्तावमा प्रधानमन्त्री पनि सकारात्मक रहेको शिक्षामन्त्री पोखरेलको भनाइ छ । कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाइलाई सबै विद्यार्थीको पहुँचमा पुर्‍याउनुपर्ने धारणा राखे ।सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षावारे अविलम्ब निर्णय गर्न शिक्षामन्त्रीलाई आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *