थप एक हजार १२० जनामा कोरोना, एक हजार ११२ जना डिस्चार्ज
Published: (Updated: )
by .झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार १२० संक्रमित थपिएको जानकारी दिए । जसमा ३२० महिला र ८०० पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ११२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २३ हजार २९० जना पुगेको छ ।
Comments