Sajhamanch Archive

इतिहासमा आज – फिलिपिन्समा दोस्रो विश्वयुद्धपछिकै शक्तिशाली तुफान, ४ हजार बढीले ज्यान गुमाए

Published: in विश्व समाचार by .

आज ३ सेप्टेम्बर । सन् १९८४ मा आजैका दिन दक्षिण फिलिपिन्समा प्रलयकारी तुफान आयो । दुई दिनदेखि चलेको यस तुफानमा परेर ४ हजार ३ सय ५३ जनाले ज्यान गुमाए । दक्षिण फिलिपिन्समा आएको यो दोस्रो विश्वयुद्धपछिकै सर्वाधिक शक्तिशाली तुफान थियो । यस घटनामा सयौं मानिस घाइते भए । यो तुफानको गति १ सय ८५ किलोमिटरसम्म थियो । जसकारण, दक्षिण फिलिपिन्सको मिन्डानाओ टापूूस्थित सुरिगाओ डेल नोर्टे प्रान्तमा ठूलो क्षति निम्तियो ।

दुई दिनदेखि निरन्तर तुफान चलिरहँदा दर्जनौं मानिस बेपत्ता भएका थिए भने झन्डै १० लाख मानिस घरबारविहीन बने । यस हावाहुरीका कारण नरिवलका रुखहरु ढलेका थिए, जबकी नरिवल बिक्री यस क्षेत्रका किसानहरुलाई आय–आर्जनको राम्रो सं्रोत हो । यस टापूका गर्भनर रोलान्डो गियोटिनाले तत्कालीन समय भनेका थिए, ‘नरिवलको रुख यस क्षेत्रका मानिसहरुको लाईफ लाईन हो । तर अब यो फेरि हुर्कन वर्षौँ लाग्नेछ ।’

फिलिपिन्सका तत्कालीन राष्ट्रपति फर्डिनान्ड मार्कोसले उद्धारका लागि ४० लाख डलर राहत प्याकेजको घोषणा गरे, तर सहयोगका लागि विदेशबाट आएको प्रस्ताव उनले अस्विकार गरे । यो विपद्अघि वर्षको सुरुमै फिलिपिन्समा अर्को शक्तिशाली तुफान चलेको थियो । दुईवटा तुफानका कारण समग्रमा फिलिपिन्सको २४ लाख जनसंख्या प्रभावित भयो । यस वर्ष फिलिपिन्समा विभिन्न इलाकामा धेरैपटक तुफान गइरह्यो ।

अन्य घटनाक्रम

सन् १९२३– भारतका प्रसिद्ध तबला वादक पन्डित किशन महाराजको जन्म ।

सन् १९५०– एमिलियो निनो फरिना पहिलो फर्मुला वान च्याम्पियन बने ।

सन् १९३९– जर्मनीले पोल्यान्ड कब्जा गरेपछि ब्रिटेन र फ्रान्सद्वाारा उसको विरुद्ध युद्ध घोषणा ।

२००४ – तीन दिनदेखि अपहरणकर्ताहरुको कब्जामा रहेको स्कुल रुसी सैनिकहरुद्वारा मुक्त, कारबाहीका क्रममा कम्तिमा २ सयको मृत्यु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *