किन गइरहेको छ बिजुली ? यस्तो छ कारण !
Published: (Updated: )
by .काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिजुली जाने क्रम बढिरहेको छ । लामो समयसम्म विद्युत् नहुँदा कतिपय सर्वसाधारणलाई पुनः लोडसेडिङको झल्को पनि गराउने गरेको छ । तर, यसरी पटक-पटक बत्ती गइरहेको कारण भने बेग्लै छ ।
नेपाल विद्युत् प्राधिकरणले उपत्यकासहित देशका विभिन्न भागमा ट्रान्सफर्मर अपग्रेड गर्ने र विद्युत्को पोल फेर्ने काम भइरहेको जनाएको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले उपत्यकाका विभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने काम भइरहेको बताए । “घण्टौंसम्म बत्ती आएको छैन भने बुझ्नुहोस् ट्रान्सफर्मर अपग्रेड र पोल फेर्ने काम भइरहेको छ,” उनले भने ।
प्राधिकरणले पुराना विद्युत् पोल फेर्ने काम गरिहेको जनाएको छ । यस्तै विद्युत्को गुणस्तर बढाउन ट्रान्सफर्मर फर्ने र अपग्रेड गर्ने काम गरिरहेको जनाएको छ ।
“वर्षात्का बेलामा अलिअलि समस्या आउँछ नै । तर, दिनभर गएको थियो भने सम्झिनुस् त्यो क्षेत्रमा केही काम भइरहेको छ,” । उनका अनुसार अहिले पुरानो जीर्ण पोलहरु फेर्ने काम भइरहेको र ट्रान्सफर्मर अपग्रेड गर्ने काम भइरहेको छ । प्राधिकरणले दिनमा दुईरतीनवटा पोल फेर्ने र ट्रान्सफर्मर अपग्रेड गर्ने काम भइरहेको जनाएको छ ।
Comments