Sajhamanch Archive

सतासी खोलामा पक्की पुलको शिल्यान्यास

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ७,८ र ११ को सिमाना पर्ने सतासी खोलामा  पक्की पुलको शिल्यान्यास गरिएको छ ।

शिवसताक्षीको वडा नं. ७, ८ र ११ लाई जोड्ने सतासी खोला कनकाई नहरको साइफन खण्डमा पक्की पुलको निर्माणको लागि प्रदेश संसाद झलकसिंह दर्लामी, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, उपमेयर भोजकुमारी नेपालले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् ।

प्रदेश सरकारबाट रु ९ करोड ६१ लाख ९१ हजार ८१८.४९ विनियोजन बजेटबाट पुलको निर्माण कार्य सुरु भएको प्रदेश सांसद झलकसिं दर्लार्कीले बताए ।

पुलको लम्बाइ ९९.७ मिटरको हुनेछ । अन्जना निर्माण सेवा प्रा.लि.काठमाण्डौले निर्माणकार्य शुरु गर्न लागेको सांसद दर्लामीले जानकारी दिए । दर्लामीका अनुसार पुल तोकिएको मापदण्ड अनुसार निर्धारित समय नै निर्माण सम्पन्न हुने छ ।

निर्माण कम्पनीले २०७७ श्रावण १२ गते सम्झौता गरेको छ भने, २०७९ आषाढ २० सम्ममा काम पुरा गर्नु पर्ने सुचना बोर्डमा उल्लेख छ । पुल ८.४० मिटर चौडा रहने बताइएको छ ।

पुलको निर्माण कार्य पुरा भएपछि पुल निर्माण सम्पन्न भएपछि पछी शिबसताक्षी ८, ७ ,१,२ ,३ का नागरिक बर्खाको समयमा नगरपालिकासम्म जानका लागि लोकमार्ग निस्कनु पर्ने बाध्यता हट्ने शिवसताक्षी नगरपालिका मेयर चन्द्र शेर्माले बताए । शिवसताक्षी नगरलाई सबै वडाहरुमा जोड्नका लागि यो पुल बैकल्पिक बाटो रुपमा काम गर्ने मेयर सेर्माको भनाई थियो ।

पुल निर्माणका लागि कामदार बस्ने टहरा समेत बनाई सकिएकाले निर्माण कार्य आजैबाट सुरु भएको सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिए ।

शिल्यान्यास कार्यक्रमा पुर्वाधार विकाश कार्यालय झापाका प्रमुख रमेश कुमार श्रेष्ठ, कनकाई सिंचाई आयोजनाका प्रमुख प्रदिप राई, वडाध्यक्षहरु नविन इजम, केयरसिंह बस्नेत, भैरवकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *