Sajhamanch Archive

रातो मच्छिन्द्रनाथको रथयात्रा रोक्न प्रहरीद्वारा अश्रुग्यास प्रहार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको हो।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ ।

अहिले पनि तनाव कायमै छ । युवाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *