Sajhamanch Archive

भारुमा ऋण लिन बैंकलाई बाटो खुला

Published: in मिडियाबाट साभार by .

काठमाडौं ।  नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।

बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय रुपैयाँमा पनि कर्जा लिन सकिने व्यवस्था गरिएको हो ।

केन्द्रीय बैकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो ।

भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकहरुको अनुरोधपछि चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत भारुमा कर्जा लिन आवश्यक व्यवस्था गरिने उल्लेख गरिएको थियो ।

कारोबार दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *