थप एक हजार २२८ जनामा कोरोना संक्रमण, ९१७ जना डिस्चार्ज
Published: (Updated: )
by .झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४१३ जनाको परीक्षणमा एक हजार २२८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४२ हजार ८७७ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।
Comments