Sajhamanch Archive

ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा ९ जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् ।

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

प्रशासनले निषेधाज्ञा लागू गरेको वेला युवाले विना अनुमति रथ तानेका थिए । त्यसलाई रोक्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरीलाई निर्देशन दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाइएने एसएसपी राईले बताए । पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *