Sajhamanch Archive

मन्त्रिपरिषद बैठक बस्दै, खतिवडाले राजीनामा दिने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिँदैछन् । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दियो ।

“बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । उहाँले त्यहीँ राजीनामा दिँदै हुनुहुन्छ,” स्रोतले भन्यो । युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा अर्थमन्त्री नियुक्त भएका थिए ।

नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो । योसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको पनि खोजी सुरु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *