Sajhamanch Archive

कुन जिल्लामा कति काेराेना सङ्क्रमित ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । १२ वटा जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी छ भने ६ वटा जिल्लामा एक जना पनि सङ्क्रमित छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार काठमाण्डौ, ललितपुर, चितवन, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही र रुपन्देहीमा ५ सयभन्दा बढी सङ्क्रमित छन् । १२ जिल्लामध्ये पनि काठमाण्डौमा सबैभन्दा धेरै सङ्क्रमित छन् ।

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्कनेको सङ्ख्या २४ हजार २०७ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४१३ रहेको मन्त्रालयले जनाएको छ ।

संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा सात हजार ७४२ जना छन् । यसैगरी देशभरका क्वरेण्टीनमा छ हजार ७४९ जना रहेका छन् । देशभर अहिले १४१ जना कोरोना सङ्क्रमितको सघन उपचार कक्षमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *