Sajhamanch Archive

शिवसताक्षीको क्वारेन्टाइनमा रहेका ३४ जनाको पिसिआर रिर्पोट नेगेटिभ

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा रहेको ३४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

बुधबार शिवसताक्षीको सतासी प्रा.वि.को क्वारेन्टाइनमा रहेका ३४ जनाका स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । पठाइएका सबैको रिर्पोट नेगेटिभ आएको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए ।

त्यस्तै शिवसताक्षी नगरको झरना प्राविको आइसोलेशनमा रहेकी एक महिलाले कोरोना जितेकी छन् । उनको पनि पिसिआर रिर्पोट नेगेटिभ आएको संयोजक अधिकारीले जानकारी दिए । उनी घर फर्किने तयारीमा रहेकी छिन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *