Sajhamanch Archive

गोमनसिंह हत्या प्रकरणमा एक जना पक्राउ, शनिबार पत्रकार सम्मेलन गरिदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by .

शिवसताक्षी । शिवसताक्षी ११ निवासी २९ वर्षीय गोमनसिंह मगर हत्या प्रकरणमा प्रहरी अन्तिम निष्कर्षमा पुगेको छ ।

हत्याको अभियोगमा एक जनालाई पक्राउ गरी प्रहरीले अनुशन्धान सुरु गरेको थियो । पक्राउ पर्नेमा स्थानीय मनकुमार लिम्बु हुन् ।

मगरको रतुवामाई बन क्षेत्र भित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार सव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, झापाका एक अनुसन्धान अधिकृतका अनुसार मगरले नयाँ नम्बरबाट फोन गरेर लिम्बुलाई भेट्न बोलाएका थिए । मंगलबार साँझ फोन गरेर भेट्न लिम्बुले बोलाएरपछि साँझ ६ बजे प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा मगर घरबाट निस्किएका थिए । मगरलाई आरोपी लिम्बुले शिवसताक्षी बजारमा भेटेको पाइएको छ ।

त्यहाँबाट उनकै मोटरसाइकलमा चढेर एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर गएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ ।

मंगलबार साँझ नयाँ नम्बारबाट फोन गरेर भेट्न बोलाएर लिम्बुले गोमानसिंहको हत्या गरेको खुलेको हो ।

समाचार स्रोतका अनुसार लिम्बूले जंगलमा लगेर मगरको छुराले घाँटी रेटेर हत्या गरेको स्वीकारेका छन् । प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको गरी दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको छ । प्रहरी अधिकृतहरुका अनुसार बरामद मोबाइलसहित अन्य प्रमाणको प्राविधिक विश्लेषणले पनि घटनामा लिम्बूको संलग्नता पुष्टि भएको छ ।

भदौ १६ गते साँझ लिम्बूले गोमानसिंहको हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय झापाका एक अनुसन्धान अधिकृतका अनुसार विदेशमा हुँदा पुरानो लेनदेन भएका कारण लिम्बूले नयाँ नम्बर प्रयोग गरेको अनुमान छ ।

प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए । आरोपी लिम्बू पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाका अनुसार हत्याका विषय जानकारी दिन शनिबार पत्रकार सम्मेलन राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *