चुलाचुली गाउँपालिकाद्वारा कृषि उच्च प्राथमितामा राखेर बजेट विनियोजन
Published: (Updated: )
by .चुलाचुली । दक्षिणी ईलामको चुलाचुली गाउँपालिकाले आलु आर्थिक वर्षमा कृषि र पशुपालनलाई उच्च प्रथमिकतामा राखेर बजेट विनियोजना गरेको छ ।
विनियोति बजेट मध्ये गाउँपालिकाले १ करोड ५० र सशर्त तर्फ ५४ लाख रुपैया रहेको गाउँपालिकाले जनाएको छ ।
चालुअर्थिक वर्षमा गाउँपालिकाले कृषि विकास तर्फ १ करोड रुपैया विनियोजन गरे गरेको छ । विनियोजित रकम कृषिलाई आवश्यक पर्ने सिचाईका लागी ४० प्रतिशत लागत सहभागीतामा ४८ लाख रुपैया कृषि सिचाई कार्यक्रममा खर्चहुने गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी साना किसान सहकारी सस्थाको ५० प्रतिशत अनुदान साझेदारीमा प्राङ्गगारिक मल तथा जैविक विषादी उत्पादन तालिम सन्चालन गरिने छ । जसकालागी गाउँपालिकाको तर्फबाट ५ लाख रुपैया विनियोजन गरेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले जानकारी दिए ।
गाउँपालिकाले २५ प्रतिशत साझेदारीमा उन्नत धान र मकैको विउ वितरणका लागी २० लाख रुपैया तथा २५ प्रतिशत अनुदामा तरकारीको विउ र च्याउको विउ वितरणका लागी ४ लाख रुपैया छुट्याएको अधिकृत राईले बताए ।
गाउँपालिकाको कृषि गुरुयोजना तयार गर्नकालागी ५ लाख रुपैया र अध्यक्ष ÷ उपाध्यक्ष मैत्री कृषि कार्यक्रमका लागी ३ लाख ५० हजार छुट्याएको छ ।
त्यसैगरी गाउपालिकाले पशु विकास तर्फ ५० लाख रुपैया विनियोजन गरेको छ । विनियोजित रकमबाट व्यवसायिक कुखुरा पालनतर्फ ६ लाख ५० हजार, कृषकलाई च्यापकटर खरिदका लागी ७५ प्रतिशत अनुदानमा ४ लाख रुपैया, मासु पसल सुधारका लागी ५० प्रतिशत अनुदानमा ४ लाख रुपैया, पशु विमा गोष्ठी, पशु स्वस्थ्य शिविर, पशबीमा अनुदन कार्यक्रमतर्फ जम्मा ५ लाख ९० हजार विनियोजन गरेको अधिकृत राईले जानकारी दिए ।
गाउँपालिकाले कृषकका पशुमा नश्ल सुधारगरी कृषकको आय स्तरमा वृद्धि गर्ने उद्देश्यले पशु नश्ल सुधार कार्यक्रमका लागी ५ लाख रुपैया रहेको छ ।
गाउँपालिकाको समग्र कृषि र पशुपालको विकासका लागी नेपाल सरकारबाट सशर्त अनुदानका कार्यक्रम अन्तरगत कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमतर्फ ४ लाख , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनातर्फ २ दाल ४० हजार र पशु विकास तर्फ ५ लाख ९० हजार रुपैया रहेको अधिकृत राईले जानकारी बताए ।
यसका साथै कोभिड १९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका युवालाई रोजगारीको श्रृजना गर्ने उद्येश्यले मागमा आधारीत कार्यक्रम समेत रहेको अधिकृत राईले जानकारी दिए ।
भौगोलिक अवस्थाले पनि चुलाचुली गाउँपालिका कृषि र पशुपालनकालागी अत्यन्तै उर्भर भूमि मानिन्छ । पछिल्लो समयमा कृषि र पशुपालनका क्षेत्रमा लाग्ने कृषकलाई गाउँपालिकाकोतर्फ बाट विभिन्न सुविधा प्राप्त भएसँगै कृषकमा कृषि कर्मतर्फ थप उर्जा मिलेको छ ।
Comments