Sajhamanch Archive

धनकुटामा सांसददेखि नेतृत्वकर्ता नै क्वारेन्टाइनमा

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

धनकुटा । धनकुटामा सांसददेखि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु नै होम क्वारेन्टाइनमा रहेका छन्।

गएको शनिबार जिल्ला अस्पताल धनकुटालाई १ सय बेडको अस्पताल बनाउन स्थलगत निरीक्षण गर्न धनकुटा आएका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना पुष्टि भएपछि धनकुटाका संसददेखि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु नै होम क्वारेन्टाइनमा रहेका छन्।

नेतृत्वकर्ता नै होम क्वारेन्टाइनमा पुगेपछि कोभिड नियन्त्रणमा समस्या हुने देखिएको छ। सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० का नेतृत्वकर्ताहरु होम क्वारेन्टाइनमा रहेपनि कामकाजमा भने कुनै समस्या नरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बताए।

उनले भेटघाट तथा बैठक नभएपनि प्रविधिको प्रयोग गरेर काम गरिरहेको बताए। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अधिकांश सदस्यहरु होम क्वारेन्टाइनमा रहेपछि गत १७ धनकुटा थप गरिएको निषेधाज्ञा सो समितिका सदस्यहरुसँग टेलिफोनबाट सल्लाह गरी थप गरिएको बिमलीले बताए।

होम क्वारेन्टाइनमा रहनेहरुमा धनकुटाबाट प्रतिनिधित्व गर्ने संसदहरु, जिल्ला समन्वय समितिका जनप्रतिनिधी, धनकुटा नगरपालिकाका जनप्रतिनिधी, विभिन्न कार्यालयका प्रमुखहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्यहरु, राजनितीक दलका स्थानिय नेताहरु, जिल्ला अस्पतालका डाक्टरहरु र केही पत्रकार गरि २० जना रहेका छन।

उनीहरु मन्त्री सहभागी कार्यक्रममा सहभागी थिए। पछिल्लो पटक भिआईपीहरुबाटै कोरोना संक्रमण फैलिन सक्ने देखिएपछि धनकुटामा भने त्रासको वातावरण छाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *