Sajhamanch Archive

उच्च ज्वरो आएका सातजनामा स्क्रब टाइफस संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

कञ्चनपुर । महाकाली नगरपालिकाका सातजनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ। दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका उच्च ज्वरो आएका सातजना बिरामीको रगत जाँचमा स्क्रब टाइफसको संक्रमण देखिएको हो।

स्वास्थ्य केन्द्रले उच्च ज्वराको गम्भीर बिरामी तथा प्रयोगशालामा रगत जाँच गरी उपचार गरिरहेका ११ बिरामीको रगत जाँच गरेकामध्ये सातजना बिरामीमा स्क्रब टाइफस देखिएको छ। स्वास्थ्य केन्द्रका डा. गगन चौधरीले उच्च ज्वरोका बिरामीको रगतको नमुना चेकजाँच गर्दा शुक्रबार तीनजना र शनिबार चारजनामा स्क्रब टाइफस देखिएको जानकारी दिए।

स्वास्थ्य केन्द्रमा हालसम्म उच्च ज्वरो भएका ४० जनाभन्दा बढी बिरामी उपचारका लागि पुगेका छन्। उच्च ज्वरोको समस्या लिएर उपचारका लागि पुगेकामध्ये सातजनाको मृत्यु भइसकेको छ। २६ जना बिरामी उपचारपछि निकोभै घर फर्किसकेका छन्। उच्च ज्वरोका कारण मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मी परिचालन गरी बिरामी र मृत्यु भएका बिरामीको आफन्तको रगतको नमुना जाँचका लागि संकलन गरेको थियो। त्यसको नतिजा अहिलेसम्म आएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *