Sajhamanch Archive

क्रोएसिया पोर्चुगलसँग स्तब्ध

Published: in खेलकुद by .

एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्चुगलले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोल अन्तरले हराएको हो ।

पार्चुगललाई जित दिलाउन जाओ कन्केलो, डिएगो जोटा, जाओ फेलिक्स र अन्ड्रे सिल्भाले एक–एक गोल गरे । खेलको ४१ औँ मिनेटमा कन्केलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको हो । ५८ औँ मिनेटमा जोटाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । ७० औँ मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई ३–० अग्रता दिलाए ।

उता क्रोएसियाका लागि खेलको इन्ज्युरी समयमा ब्रुनोले गोल गर्दै टिमलाई राहत दिलाए । खेलको इन्ज्युरी समयमा नै सिल्भाले गोल गर्दै पोर्चुगललाई ४–१ गोलको जित दिलाए । जितसँगै पोर्चुगलले समूह सीमा एक खेलबाट तीन अंक जोडेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *