Sajhamanch Archive

विवादित बने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

Published: (Updated: ) in विश्व समाचार by .

युद्धामा मारिएका शैनिकलाईहरुवाको संज्ञा दिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विवादित बनेका छन् । राष्ट्रपति पदको चुनाव नजिकिँदै गर्दा उनले युद्धमा मारिएका सैनिकलाई हरुवा भनेर विवादस्पद अभिव्यक्ति दिएका थिए । मारिएका सैनिकका परिवारले युद्धमा गरेको योगदान र गदिएको बलिदानी ट्रम्पले बिर्सिएको बताएका छन् ।

ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेका थिए ।

अमेरिकी सेनाका पूर्व सैनिकहरुले विवादित भनाइ बाहिरिएपछि ट्रम्पको आलोचना गरेका छन् । तर अमेरिकी राष्ट्रपति ट्रम्प र उनका समर्थकहरुले भने अभिव्यक्ति नदिएको भन्दै खण्डन गरिरहेका छन् । तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्रपतिमा दोहोरिन समस्या हुने बताएका छन् ।

द एटलान्टिस पत्रिकाका अनुसार सन् २०१८ मा पेरिसस्थित अमेरिकी सैनिकको स्मारक स्थलमा जाने ट्रम्पको कार्यक्रम थियो तर उनले ‘हारेका मान्छेले भरिएको ठाउँ’ भन्दै उक्त कार्यक्रम रद्द गरेको छ । ट्रम्पले बेलेयुवुडमा मारिएका १८ सय अमेरिकी सैनिकलाई बुद्धु पनि भनेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रिकामा छापिएका समाचारलाई ‘फेक न्युज’ भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *