Sajhamanch Archive

आज सातसय भन्दा बढी नेपाल आउँदै

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । आज नियमित र चार्टर उडान मार्फत ७ सय भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्। कतार, साउदी अरब, युएई र चीनबाट गरी ७ सय ४१ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार युएईबाट दुईवटा विमानमार्फत् तीन सय भन्दा धेरै नेपाली आउँदैछन्। नेपाल एयरलाइन्सको उडानमार्फत् १५२ जना र एयर अरेबियाबाट १६० जना आउन लागेका हुन्।

साउदी अरबबाट नेपाल एयरलाइन्समा २६६ जना र कतारबाट हिमालय एयरलाइन्समा १५२ जना आउँदैछन्। चीनबाट एयर चाइनामार्फत ११ जना आउन लागेका प्राधिकरणले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *