Sajhamanch Archive

प्रहरीमा २१ सय भन्दा बढीलाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ६२९ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार १ सय ११ पुगेको छ । जसमध्ये १२ सय ११ जना सक्रिय संक्रमित छन् ।

९ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७१ र काठमाडौं उपत्यकाका ५५८ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २१०, प्रदेश २ मा ७३, वाग्मती प्रदेशमा ६०, गण्डकीमा ८१, प्रदेश ५ मा १०४, कर्णाली प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *