Sajhamanch Archive

त्रिविले उत्तरपुस्तिका जलाएपछि सूचना आयोगले माग्यो स्पष्टीकरण

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई स्नातकोत्तर प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको ‘क्वान्टम मेकानिक्स’को विवादित परीक्षाको उत्तरपुस्तिका जलाएकोमा स्पष्टीकरण मागेको छ।

पीडित विद्यार्थी आशीष पौडेलले हालेको उजुरीको आधारमा आयोगले त्रिविमा स्पष्टीकरण मागेको हो। पौडेलले उत्तरपुस्तिकालाई जलाई अभियुक्तलाई जोगाउन डिन कार्यालय सक्रिय भएको भन्दै कारबाही मागसहित राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सूचना आयोगमा भदौ ४ गते उजुरी हालेका थिए।

सूचना आयोगका सूचना अधिकारी बाबुराम पाण्डेले त्रिविमा स्पष्टीकरण माग गरेको जानकारी दिए। उनले भने,‘आयोगमा त्रिविले उत्तरपुस्तिका जलाएको भनी उजुरी परेपछि गत बिहीबार त्रिविमा स्पष्टीकरणको लागि पत्रचार गरेका छौँ। समय भने तोकेका छैनौँ। तर, छिट्टै स्पष्टीकरण दिनुपर्ने छ।’

उनले दोषी ठहरिएमा कानुनबमोजिम कारबाही हुने बताए। विवादित परीक्षाको उत्तर पुस्तिका सर्वोच्च अदालतले सुरक्षित राख्न आदेश दिए पनि अटेर गरी त्रिविले जलाएको आरोप लगाउँदै पीडित पौडेलले दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *