Sajhamanch Archive

महिला पत्रकारको गोली हानी हत्या

Published: (Updated: ) in विविधा, विश्व समाचार by .

इस्लामावाद । २७ वर्षीया एक महिला पत्रकारको पाकिस्तानको इस्लामावादमा गोली हानी हत्या भएको छ । सरकारी टिभी च्यानलमा संवाददाता तथा कार्यक्रम प्रस्तोता रहेकी शाहिना शाहिनको शनिबार हत्या भएको हो ।

पाकिस्तानी मिडियाका अनुसार उनलाई केही दिनअघि मात्रै बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । क्वेटा विश्वविद्यालयबाट पिएचडी समेत गरिरहेकी पत्रकार शाहिना स्थानीय एक म्यागजिनमा सम्पादक समेत थिइन् ।

पत्रकार शाहिनाको निवासमै अपरिचित दुई जना व्यक्तिहरु आएर हत्या गरी फरार भएको बताइएको छ ।

हत्यामा संलग्नहरुको खोजी जारी गरिए पनि पत्ता लागेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शाहिनाले घरको ढोका खोल्ना साथ उनीमाथि लगातार पाँच राउण्ड गोली प्रहार भएको थियो ।

पाकिस्तानमा गत वर्ष पनि अर्की एक महिला पत्रकार उरुज इकबालको गोली हानी हत्या भएको थियो । यससँगै पाकिस्तानमा सन् १९९२ देखि अहिलेसम्म अर्थात् २८ वर्षको अवधिमा ६१ पत्रकारको हत्या भइसकेको छ ।

शनिबारको घटनापछि शाहिनका परिवारले केही शंकास्पद मानिसहरुविरुद्ध मुद्दा दर्ता गरेका छन् । जहाँ पाँच वर्षअघि विवाह भएका शाहिनका श्रीमानलाई पनि आरोपित गरिएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *