सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापीबाट संक्रमितको उपचार
Published:
by .कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको छ ।
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलालाई प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको हो ।
कोरोनाबाट संक्रमणमुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको लागि प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए ।
कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा प्लाज्मा थेरापी गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
Comments