Sajhamanch Archive

‘मलाई केही हुँदैन भन्ने भ्रम त्यागौँ, सङ्क्रमण भइ निको भएकाको कुरा सुनौँ’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । सरकारले कोरोना भाइरसलाई सामान्य तरिकाले लिएर हेलचेक्रयाइँ नगर्न आग्रह गरेको छ । ‘मलाई केही हुन्न, म तन्दुरुस्त छुु भन्ने भ्रमका कारण कोरोना भाइरसको सङ्क्रमण झन् फैलिँदै गएकाले यस्ता भ्रम त्याग्न र स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आग्रह गरे ।

उनले घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाए, भिडभाडमा नगए कोरोनाबाट बच्न सकिने बताए । खोक्दा, हाच्छिउँ गर्दा र बोल्दा थुकमार्फत कोरोना भाइरसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्न र व्यक्ति–व्यक्तिबीचको दुरी कायम राख्न डाक्टर गौतमको सुझाव छ ।

कोरोना भाइरसको सङ्क्रमणबारे भ्रममा बस्नु भन्दा वा भ्रम छर्नु भन्दा कोरोना भाइरसको सङ्क्रमण भइ निको भएका व्यक्तिहरुको अनुभव र भोगाइ सुन्न उनले आग्रह गरेका छन् । कोरोनाको सङ्क्रमणपछि सामाजिक, शारीरिक र मानसिक समस्या शब्दमा बयान गर्नसमेत नसकिने हुँदा सङ्क्रमण रोकथाममा गम्भीर बन्न मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जोड दिए ।

यस्तै, उनले सरकारले सीमित स्रोत साधनमा कोरोनाको निःशुल्क पीसीआर परीक्षण गरिरहेको बताए । कोरोनालाई केही होइन भन्दै भ्रम छर्ने काम गरे कानुनअनुसार कारबाही हुने पनि उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *