Sajhamanch Archive

खेल्न भनी गएका एकै गाउँका चार बालबालिका बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by .

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका वडा नं.२ बासाका चारजना बालबालिका सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरु हराइरहेका छन्।

स्थानीय कृष्णबहादुर राईका छोराहरु १२ वर्षीय तुषण, ८ वर्षीय सुदीप हराएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए। प्रहरीका अनुसार सोही गाउँका आङछिरिङ राईका ७ वर्षीया छोरा फ्रान्सिस र साढे २ वर्षीया छोरी सिजल बेपत्ता छन्।

साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरु नफर्किएका बासाखाली माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार शनिबार साँझदेखि नै स्थानीयवासीले खोजिरहे पनि अहिलेसम्म पत्ता लागेको छैन।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *