Sajhamanch Archive

मिक्लाजुङका गायत्री कुलुङलाई लकडाउन बन्यो अवसर

Published: in लोकप्रिय, समाज, स्थानीय तह, by .

मोरङ । विश्व यतिबेला कारोना भाइरस (कोभिड- १९) सँग जुधी रहेको छ । चीनबाट फैलिएको सङ्क्रमणले विश्वलाई नै आतंकित बनाइरहेको छ । यसमा नेपाल पनि अछुतो रहेन । नेपालमा पनि सङ्क्रमित हुने र मृत्यु हुनेको अनुपात बढ्दो क्रममा छ । कोरोना सङ्क्रमण फैलिने क्रममा सरकारले बन्दाबन्दी निर्विकल्प ठान्यो र बन्दाबन्दी  घोषणा ग¥यो । बन्दाबन्दी लागेपछि मानिस घरको घरमै रहे  कोरोना  सङ्क्रमण न्यूनीकरण त ग¥यो तर अन्य समस्या बढे । मानसिक पिडादेखि शारीरिक पीडा समेत बन्दाबन्दीका समयमा मानिसले भोगे ।

समग्रमा अधिकांशलाई बन्दाबन्दी ‘भारी’नै बन्यो । तर, केहीका लागि भने बन्दाबन्दी अवसर बनेर पनि आयो । यसैमध्येका एक हुन् मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.५ ठूलो साम्लिङका गायत्री कुलुङ । २४ बर्षे गायत्रीले बन्दाबन्दीकै समयलाई माटो र ढुंगालाई आकृति दिँदै मूर्ति बनाउनमा खर्चिए । सानै उमेरदेखिनै मूर्तिमा सौखिन गायत्रीलाई मूर्ति बनाउन चाहिँ बन्दाबन्दीले नै सिकायो ।

गाँउमा घर लिपपोतमा प्रयोग हुने कमेरो (माटो) लिन जाँदा आफूले बनाएको आकृति र त्यही आकृतिबाट शुरु भएको हो गायत्रीको मूर्तिकार बन्ने सपना । सामान्य परिवारमा जन्मिएका कुलुङले उच्च शिक्षा त आर्जन गर्न सकेनन् तर एक मुर्तिकार बन्ने सपना भने पुरा गरे । उनले सोहि गाँउमा जि के मुर्तिकला केन्द्र नाम दर्ता गरेर काम गरीरहेका छन् । उनी ढुंगा,सिमेन्ट,माटोबाट मुर्ति बनाउन अब्बल त छदै छन् शिलालेख र अभिनयमा पनि उत्तिकै सिपालु छन् उनले यो सिप सँगसगै आफ्नै युटुब चयानलबाट लघु चलचित्रमा अभिनय पनि गरिसकेका छन् ।

तीन बर्षसम्म कसैको सहयोग बिना आफै सिकेका उनले हाल सम्म २ सय भन्दा बढि मुर्ति बनाई सकेका छन् । उनी भन्छन ”बाहिर कुनै काममा जानु नपरेपछि मैले मुर्ति निर्माण गर्न समय पाए मेरो लागी लकडाउन एउटा अवसर भएको छ“ । यहि कलालाई भविष्य बनाउने सोचमा रहेका कुलुङले आफु अझैपनि सिकाईको क्रममा रहेको र मुर्ति विक्रिको लागी खासै बजार नभेटेकाले घरखर्च चलाउन सामान्य काम गर्न बाहिर निस्कने बताए ।

कुलुङले जुनसुकै क्षेत्रमा आवश्यक पर्ने आकृती ढुुंगामा कुँदेका छन् । एउटा मुर्ति बनाउन कति समय लाग्छ भन्ने प्रश्नमा उनले एक मुर्ति बनाउन कम्तिमा पनि ३ महिना लाग्ने तर सिमेन्टको मुर्ति निर्माण गर्न ढुंगालाई जस्तो समय नलाग्ने बताए । उनले एउटा ढुंगाको मुर्ति ३ लाख र सिमेन्टको मुर्ति १ लाख ५० हजार र साना मुर्ति २० देखि ५० हजार सम्ममा बचेको पनि बताए ।

गाँउघरमा पाइने हाते औजार र केहि आधुनिक औजार प्रयोग गरेर उनि मुर्ति निर्माण गर्दै आईरहेका छन् । उनले निर्माण गरेको किराँती धर्मगुरु यलम्मबरको मुर्ति प्रयोग गरी ठुलो साम्लिङमा एउटा चोकनै निर्माण गरिएको छ । श्रीमती एक छोराको साथमा रहँदै आएका कुलुङलाई पारीवारको पनि राम्रो साथ रहेको छ । उनले अहिलेसम्म गाँउपालिकासँग सहयोग नमागेको र आवश्यक परे सहयोगको अपेक्षा राख्ने उनले बताए ।

यसरी आफ्नो कलालाई आफ्नै क्षेत्रमा प्रयोग गर्न चाहने युवाहरुको लागी स्थानिय तहले संरक्षण गर्नसके बाध्यताले विदेशीनु पर्ने बाध्यता हट्ने थियो कि ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *