Sajhamanch Archive

जर्मनी स्वीट्जरल्यान्डसँग बराबरीमा रोकियो

Published: in खेलकुद by .

एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो ।

जर्मनीले खेलमा लिएको सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । आइके गुन्डोगनले खेलको १४ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

जर्मनीले आफ्नो अग्रता अन्तिमसम्म टिकाउन सकेन । स्विट्जरल्यान्डका लागि सिल्भान विडमेरले ५७ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै जर्मनीले दुई खेलबाट २ अंक जोड्दै समूह डीको तेस्रो स्थानमा आफूलाई कायम गरेको छ । स्विट्जरल्यान्ड भने १ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *